काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

| २०७९ मंसिर ७ गतेमा प्रकाशित

काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी भएका हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याएका हुन् ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ । यसअघि काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-७ मा गणेश पराजुली र काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

काठमाडौं-६ मा निर्वाचित शिशिर खनाल टिच फर नेपालका सहसंस्थापकसमेत हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए । केही समय उनी तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रूपमा समेत काम गरेका थिए । अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको पिक एन्ड ड्रप्सका सञ्चालकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट