सांसद गुरुङको गुनासो- प्रहरीले 'सलाम' गरेन, जताततै घुम्न पाउनुपर्यो

| २०७९ जेठ २७ गतेमा प्रकाशित

काठमाडौं- प्रतिनिधि सभामा फेरि पानी, खाजा, शौचालयलगायत व्यवस्थापकीय समस्याका विषयमा सांसदले कुरा उठाएका छन्।

प्रतिनिधि सभा बैठक कक्षका समस्या बताउने क्रममा सांसद रेणुका गुरुङले प्रहरीले 'सलाम' नगरेको गुनासो समेत गरेकी छिन्। 

शुक्रबारको बैठकमा उनले भनिन्,  'माननीय भनेको सवैले मान्ने भन्ने व्यक्ति बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ।'

उनले सांसदलाई कानुन निर्माण गर्न वातावरण चाहिने बताएकी छिन्। उनले थपिन्,  'सांसद सजीव प्राणी हो, भोक र तिर्खा लाग्छ। क्यान्टिन गयो खाजा ल्याउन ढिलाइ हुन्छ। पानी खान गयो कहिले पानी हुँदैन, कहिले गिलास हुँदैन। कहिले तातोपानी हुँदैन। लापरबाही छ।'

उनले शौचालय पनि सफा नरहेको बताइन्। शौचालयमा भुइँभरि पानी हुने उनले बताइन्। संसद भवन सांसदहरुको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने उनले माग राखिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट