एमसीसी पारित गर्ने कांग्रेसको निर्णय

| २०७८ फागुन ३ गतेमा प्रकाशित

काठमाण्डौँ, फाल्गुन ३

नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल गरेर पारित गर्ने निर्णय गरेको हो।

बैठकले एमसीसी सम्झौता संसद् बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र एमसीसीको सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले ओली सरकारको नेतृत्व रहँदा पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने धारणा राखेको स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट