काठमाडौं १६ मा मुकुन्द रिजाल निर्वाचित

| २०७९ जेठ १२ गतेमा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् ।

दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् ।

धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३३६ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट