बेल्कोटगढी १३ को वडाध्यक्षमा कांग्रेसका नवराज पाण्डे विजयी

| २०७९ जेठ २ गतेमा प्रकाशित

महेन्द्र अधिकारी
०२ जेठ, नुवाकोट
बेल्कोटगढी नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवराज पाण्डे विजयी भएका छन् । सोमवार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले ७ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्दी माओबादी केन्द्र्रका धनबहादुर तमाङले ४ सय १७ र नेकपा एमालेका पशुपती लोहानीले ३ सय ९४ मत प्राप्त गरे ।

पाण्डेसँगै महिला सदस्यमा एमालेका सिता पाण्डे एमालेकै हरिकुमार गुरुवाचार्य, दलित महिला सदस्यमा उर्मिला बिन्दा दर्जी र खुल्ला सदस्यमा अमरसिङ तमाङ विजयी भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका पशुपति लोहनी विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट