कांग्रेस नेता गोलेको व्यक्तिगत लगानीमा नौकुण्ड ३ र ६ जोड्ने सडक निर्माण

| २०७९ बैशाख २९ गतेमा प्रकाशित

काठमाण्डौँ, वैशाख २९

रसुवाको नौकुण्ड गाउँपालिका वडा न. ६ बाँस भञ्ज्याङ बाट नौकुण्ड ३ को फाम्चेत सम्म जोड्ने सडक निर्माण भएको छ । नेपाली काँग्रेसका युवा नेता बुद्धिमान गोलेले आफ्नो व्यक्तिगत लगानीमा उक्त सडक निर्माण गरेका हुन् ।

पहिलो स्थानीय सरकारको ५ वर्षे कार्यकालमा पनि उक्त स्थानमा सडक निर्माणको कार्य नभए पछि स्थानियको आवश्यकतालाई मध्येनजर गर्दै नेता गोलेले १० लाख २६ हजार बराबरको लागतमा उक्त सडक निर्माण गरेका हुन । स्थानिय, प्रदेश र संघिय सरकारका जनप्रतिनिधिलाई स्थानियले सडक आवश्यक भएको भन्दै पटक पटक ध्यानाकर्षण गराएता पनि कुनै तहले माग सम्बोधन नगरेको स्थानियहरुको भनाई रहेको छ । उक्त सडक निर्माण पश्चात यार्सा,पार्टीखर्क ,पारच्याङ,बाँस भञ्ज्याङ ,दारघारी, छाप,खिमारजोङ,जिबजिबे,कालिकास्थान हुँदै सदरमुकाम धुन्चे सम्म आवातजावत गर्न सहज भएको प्रति स्थानियले खुसिका साथ नेता गोलेलाई धन्यवाद व्यक्त गरेका छन् ।

५ वर्ष सम्म स्थानिय सरकारले खोल्न नसकेको सडक कांग्रेसका युवा नेता बुद्धिमान गोलेले आफ्नो व्यक्तिगत लगानीमा उक्त सडक निर्माण गरेर गाउँ विकासमा युवाको सहभागितालाई उदाहरणिय बनाएका छन् । उक्त सडक वैशाख २३ गते निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट