विदुर १३ को वडा अध्यक्षमा राप्रपाबाट बाबुराम रिजाल, यस्ता छन् एजेन्डाहरु

| २०७९ बैशाख १३ गतेमा प्रकाशित

बैसाख १३, काठमाडौं

स्थानीय तहको निर्वाचन नजिकीए सँगै विभिन्न दलका नेताहरुले उम्मेदवारी दर्ता गरेका छन्।

केही स्थानीय तहमा सर्वसम्मत र केहिमा विवाद हुँदै गर्दा दलहरूलाई उम्मेदवार तोक्न कठिन भैरहेको सन्दर्भ पछि नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का युवा नेता बाबुराम रिजालाले उम्मेदवारी दर्ता गरेका छन् भने सदस्यहरुमा लिला वहादुर थापा, विक्रम शाही, आइती माया तामाङ र मनिता विश्वकर्मा ले उम्मेदवारिता दर्ता गराएका छन् ।

विभिन्न सामाजिक अभियान तथा स्थानीय जन चासोको मुद्दामा सक्रिय हुँदै आएको रिजालले अध्यक्ष भएमा जनताले समृद्धिको अनुभुति गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाएको छ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट हलो चिन्ह सहित चुनावमा लागी परेको रिजालले आफ्नो १८ बुदे प्रतिबद्धता सार्वजनिक गर्दै बिकासका निम्ति युवा आउन जरुरत छ, युवा जोस र जागरले मात्रै बिकास र समृद्ध हुने हुदा आफुलाई मत दिन आग्रह गरेको छ।

 

बाबुराम रिजाल लाई नै भोट किन ? यस्ता छन् उनका एजेन्डाहरु :
१। नयाँ जोस र जागर सहित वडाको विकाशमा होमिएको एक युवा
२। राज्यकोषको कुनै पनि लाभ नलिएको युवा
३। अरुभन्दा पृथक सरल र सबैको प्रीय बिदुर १३ को बिकाशमा भाबी योजनाहरु
१ , वडाभित्र कोल्डस्टोरको स्थापना गर्ने
२। पाल्न सक्नेका लागि एक घर २ भैंसी कार्यक्रम ल्याउने र मकै पराल र ढुलो चोक्कर वडाले सहुलियत दरमा दिने र दूध विक्रि नभएमा वडाले जिम्मा लिने गरि आर्थिक बिकाशमा छलाङ्ग मार्ने
३ । वडा भित्र पानीका मुल हरुको संरक्षण गर्ने र सिचाइ गरि बाझिएको जमिनको उपयोग मा लाग्ने
४। कृषि प्राविधिक ल्याई वडा भित्र माटो सुहाउँदो कृषि बालिको लागि अध्ययन अनुसन्धान गरि सोही अनुसार खेतिपाती गर्ने
५। कृषि , पशुपालन बाख्रा भैंसी गाई बङ्गुर , सुङगुर , कुखुरा  फर्म हरुको विकाश गर्ने र सहुलियत कर्जा को लागि वडाले पहल गर्ने
६ ।वडा भित्र रहेका सबै सरकारी विद्यालय मा बोर्डिङ सरह किताब , प्रबिधी अनुरुप कम्प्युटर कक्षाको व्यवस्था गर्ने
७ ।जेष्ठ नागरिक अपाङ्ग दीर्घ रोगी हरुका लागि औषधि वडा मार्फत घर घरमा पुर्याउने र वर्षको २ पटक वडाको पहलमा स्वस्थ्य विभिन्न रोगमा डाक्टर ल्याई स्वास्थ्य शिविर संचालन गर्ने ।
८ ।वडा भित्र रहेका मठ मन्दिर पुरातात्त्विक वस्तुहरुको संरक्षण र सम्बर्द्धन गर्ने
९ ।रानिस्वारा , मानेचौतारा , लगायत को भुभागमा सुन्तला पकेट क्षेत्रको रुपमा बिकाश गर्ने
१० । वडा भित्र रहेको मोटरबाटो लाई नगर प्रदेश र संघ मा गुहारी कालोपत्रे गर्ने र सम्भव नभएको स्थानमा ग्राबेल गर्ने ।
११ । वडा भित्र पार्क लगायत मनोरञ्जन को लागि स्थानहरु बनाउने
१२ ।वडा भित्र वडाको स्वामित्वमा रहने गरि एम्बुलेन्स को व्यवस्था गरिनेछ
१३ ।वडा भित्र सुत्केरी महिला लाई एम्बुलेन्स खर्च वडाले व्यहोनें
१४। एक घर एक धारो कार्यक्रम ल्याईनेछ ।
१५। वेरोजगार युवाहरूलाई स्वरोजगार कार्यक्रम ल्याईनेछ ।
१६। वार्षिक रुपमा सिलाईबुनाई कार्यक्रम ल्याई उत्कृष्ट हुनेहरुलाई सिलाई मेसिन सहित संमान गरिनेछ ।
१७ ।वडा कार्यालयमा सेवा लाई चुस्त दुरुस्त रुपमा बनाईनेछ ।
१८ , यी सबै माथी लेखिएका बुदाहरु अक्षरस पालना गरि उत्कृष्ट नमुना वडा बनाउने

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट