बेलकोटगढी वडा नं ९ को कार्यालय उद्घाटन

| २०७८ चैत ७ गतेमा प्रकाशित

नुवाकोट, चैत्र ७
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ९ को वडा कार्यालय भवन उद्घाटन भएको छ । आईतबार नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले उक्त भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै मेयर खनालले छिट्टै नै अन्य वडा कार्यालयहरु पनि उद्घाटनको तयारीमा रहेको बताए । नागरिकहरुको सेवा गर्नको लागि आफ्नै भवनबाट सेवा प्रवाह गर्दा प्रभावकारी हुने समेत उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम गजुरेलले वडाको आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सरल र सहज तरिकाले काम गर्ने वातावरण तय भएको बताए ।

275993082-502312531506255-7231227517192157138-n-pOdta0T48u2ARxxHuUvzcQnPf4d7XDqDztTgUqNK.jpg

कार्यक्रममा उप मेयर कविता ढुङगाना लगाएत अन्य जनप्रतिनिधि र स्थानियहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

275902693-303776858478199-3937333704368740749-n-jmnnCw7w8alj7iw3ouo26bIkm1V0adoSTtjOVyLt.jpg

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट