प्रधानमन्त्री देउवाले गरे किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

| २०७८ फागुन ३० गतेमा प्रकाशित

नुवाकोट, फागुन ३०
प्रधानमन्त्री शेर बहादुर देउवाले जिल्लाको किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गरेका छन् । सोमबार दुवै पालिकाको भवन उद्घाटन गरिएको हो ।

किस्पाङमा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। अबको लक्ष्य भनेको स्थानीय तहको निर्वाचन भएका कारण त्यसमै केन्द्रीत हुन सर्वसाधारण तथा कार्यकर्तालाई उनले निर्देशन दिएका छन्।

pmsher1-20220314132751-UFiseOIITveZ2KXs8BG4uJKxlTUpNf4CQHlzbS7b.jpg

त्यस्तै तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानिय जनताको सरकारको रुपमा काम गरिरहेको स्थानिय तहले आफ्नै प्रशासकिय भवन निर्माण गर्नु गर्वको विषय भएको बताए । साथै स्थानिय चुनाव नजिकिए संगै त्यसको तयारीमा जुट्न पनि सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

कार्यपालिकाको नवनिर्मित भवन कुल चारकरोड २९ लाख ७४ हजार रुपैंयाँमा तोकिएको समय अगावै निर्माण व्यवसायीले उक्त भवन सम्पन्न गरेको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए । भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट एक करोड ६० लाख रुपैयाँ, सङ्घीय सरकारबाट ८५ लाख र बाँकी एककरोड ६४ लाख ४० हजार ६२ रुपैयाँ गाउँपालिकाको लगानी रहेको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए । त्यस्तै किस्पाङको काहुलेमा निर्मित गाउँपालिका भवन कूल चार करोड ५६ लाख रुपैँयाको लागतमा निर्माण भएको हो। भवन निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत र गाउंपालिकाले ४० प्रतिशत खर्च गरेका छन्। भूकम्प प्रतिरोधी पक्कि भवन चार तले र १९ कोठे रहेको किस्पाङ गापा अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट