दुई पालिकाको प्रशासकिय भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा नुवाकोट आउदै

| २०७८ फागुन २५ गतेमा प्रकाशित

नुवाकोट, फागुन २५
प्रधानमन्त्री शेरबहादुर देउवा जिल्लाको दुई गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न नुवाकोट आउने भएका छन् । फागुन ३० गते तादी गाउँपालिका र किस्पाङ गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटनको लागि प्रधानमन्त्री देउवा आउने भएका हुन् ।

एकै दिन दुवै पालिकाको भवन उद्घाटन गरिने भएको हुदाँ दुवै गाउँपालिकाले कार्यक्रममा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई अनुरोध समेत गरेका छन् । तादी गाउँपालिकाको खरानिटार र किस्पाङ गाउँपालिकाको काहुलेमा भवन उद्घाटन गरिदै छ । 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट