आजदेखि दल दर्ता गर्न पाइने

| २०७८ फागुन ५ गतेमा प्रकाशित

काठमाण्डौँ, फागुन ५
निर्वाचन आयोगले आजदेखि फागुन १५ सम्म स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला गरेको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले सूचना प्रकाशन गरी भाग लिन चाहने दलका लागि दर्ता आह्वान गरेको हो।

आयोगका अनुसार हाल १०३ दल दर्ता कायम छ। यद्यपि चुनावका लागि दलहरुले छुट्टै दर्ता गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट