बालेन र हर्कको विजयमा नुवाकोटका युवाले गरे धन्यवाद र्‍याली

| २०७९ जेठ १२ गतेमा प्रकाशित

रामेश्वर गजुरेल, नुवाकोट
काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकामा हर्क राई (साम्पाङ्ग) तथा देशभर स्वतन्त्ररुपमा विजयहुन सफल ब्यक्तित्वको खुशीयालीमा नुवाकोटमा युवाहरुले धन्यवाद र्‍याली सम्पन्न गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको जितमा खुशिका साथ स्वतन्त्र युवाहरुले मोटरसाइकल र्‍याली गरेका हुन् । हातमा राष्ट्रिय झण्डा, बालेन र हर्कको फोटोको साथमा नेपालि जनता के भन्छ स्वतन्त्र युवा ले भन्छ, नेपालको झन्डा फरर ,भस्ट्रचारी थरर, बालेन दाइको चस्मा ,भ्रष्टाचारि भस्म र हर्क साम्पाङ्ग हाइ हाइ र बालेन दाइ हाइ हाइ जस्ता नारा लगाएको थियो।

बिहिवार बट्टार क्याम्पस गेटबाट सुरु भएको र्‍याली पिपल्टार देबिघाट हुँदै इनारपाटी बट्टार हावाघर हुँदै बिदुर, त्रिशुली कोलनी हुँदै फर्केर बट्टारमा आएर महङ्गी र भस्ट्रचारबिरुद्ध प्रदंशन गरि सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट